आरजु विष्ट सल्यानी
मखमलि अनि मीठो कर्णप्रिय स्वरका धनि गजल गायनका सम्राट जगजीत सिंह अब यो संसारमा रहेनन् । गजल गायनको दुनियाँलाई एक नयाँ मार्ग देखाउने रुमानि हस्ति सोमवार असोज २३ गते, २०६८ तदनुसार १० अक्टोवर २०११ मा उनको ७० वर्षको उमेरमा निधन हुँदा सम्पूर्ण संगीत क्षेत्रका तथा गजलका पारखिहरु स्तव्ध भए ।
जगजति सिंहको गायनको नाता नेपालसम्म पनि एउटा एल्वमबाट जोडियो । महान गजल गायकको ब्रेन ह्यामरेजको कारण निधन भएको हो । भन्नेहरु भन्छन् ः“उनको गायन सागर जस्तो मापन नभएको गहिराई र फारकिलो भएको स्वर थियो ।”
आवाजका जादुगर मानिने जगजितको स्वास्थ्य लाभको कामना गरिरहेका लाखौं उनका प्रशंकहरु १० अक्टोवरमा स्तव्ध बने कि उनलाई अब उनका स्वरांकित कृतिमा बाहेक भौतिक रुपमा शरिरलाई भेट्न, देख्न र छुन सक्ने छैनन् ।
आरम्भमा लेखिएको उनले गाएको गीतको पंक्ति कम्तिको मार्मिक छैन । उनले गाएका थिए कि “...मेरा गीत अमर कर दो” अब गीत अमर त रहने नै छन, जगजीत प्रशंसकहरुको स्मरणमा पनि अमर भईरहने छन् ।
“तुम इतना जो मुस्करा रहे हो”, झुकि झुकि सी नजर..लगायतका कैयन स्वरबाट करोडौं श्रोताको मनका बसेका जगजीत ७० तथा ८० को दशकमा दरवारि परम्पराबाट निक्लिएर गजल गायनबाट आम जनमानसमा आउका थिए । उनले गजल गायनमा नयाँ परम्परा बसाए र गजलमा अरबी तथा फारसीको रसलाई कमि हुन दिएनन् ।
गजल गायनमा नाम उचों बनाएका जगजीतको आफ्नो रेशमी आवाज र शेरका विविधतामा अलग अलग माधुुरता पाईन्छ । “कागजकी कश्ती, वासिका पानी” अमर प्रेमको प्रतिक “पत्ता पत्ता बूटा बूटा”, होटो से छु लो तुम, मेरा गीत अमर कर दो तथा तुमको देखा तो ये खयाल आया” लगायतका बेजोडका गजल रहेका छन् । उनका गजल सुन्दा, उनले गाउँदा मेहफिलको सौम्यता जसरी बढेको हुन्थ्यो अब अभाव हुनेछ जगजीतले तताउने गरेको मेहफिल जमाउने जिम्मा कस्ले लिने हो ? यो भविष्यको गर्भमै रहेको छ ।
सिंह सन १९४१, फेब्रुअरी ८ मा भारतको राजस्थानको गंगानगरमा जन्मेका हुन । उनका बुबा सरदार अमरसिंह धमानी एक सरकारी जागिरे थिए । जगजीतको परिवार मूलतः पंजावको रोपड जिल्लाको दल्ला गाउँमा रहेको थियो । उनकि आमा बच्चन कौर पंजावको समरल्लाको उट्टालन गाउँकि हुन ।
जगजीतको वालापनको नाम “जीत” थियो । उनको आरम्भको शिक्षा गंगानगरको खालसा भएको थियो भने कुरुक्षेत्र विश्वविद्यालयबाट इतिहासमा पोष्ट ग्रेजुयट गरेका थिए । उनलाई संगीतको विरासत आफ्नो बुबाबाट मिलेको पाईन्छ । गंगानगरमै पण्डित छगनलाल शर्माको मण्डलीमा दुई वर्षसम्म शास्त्रिय संगीत सिकेका थिए ।
सैनिया घरानाका उस्ताद जमाल खान साहेबबाट उनले ख्याल, ठूमरी तथा ध्रुपद राग सिकेका थिए । उनका बुबाले जगजीतलाई भारतीय प्रशासनिक सेवामा लगाउन चाहेका थिए तर जगजीत भने गायक नै बन्ने धूनमा रहेका थिए भने मुम्बई गएका थिए । पेईङ गेष्ट रहेर विज्ञापनको लागि जिंगलहरु तथा विवाहका कार्यक्रममा गति गाएर उनले आफ्नो गुजारा चलाएका थिए । उनको भेट प्रख्यात गायिका चित्रासंग भएको थियो । पछि दुवै जना प्रणय सुत्रमा पनि बाँधिए ।
सन १९७६ मा जगजीतको पहिलो एल्वम “द अनफरगेटेबल्स” रीलिज भएको थियो भने जो उनको जिवनमा निकै हिट एल्वम मानिन्छ । त्यो बेला फिल्मी संगीतको बोलवाला र बिक्रि हुने जमाना थियो । निजि कम्पनिहरुले बडा मुस्किलले एल्वम निकाल्ने गर्दथे । किनभने उतिबेलाको ग्रामोफोन रेकर्डस् मुस्किलले विक्रि हुने गर्दथ्यो । तर उनको एल्वम यति धेरै विक्रि भयो कि गजल आम मानिसको माझमा पुग्यो ।
फिल्म निर्माता पनि जगजीतको सफलताबाट चकित भएका थिए तथा १९८१ मा संगीतकार जगजीतको लागि फिल्म “प्रेम गीत” मा काम पाएका थिए । त्यसअघि उनले एउटा गुजराति फिल्म, एक बार कहो, गृह प्रवेश लगायतका फिल्ममा गीत गाईसकेका थिए । राज बब्बर अनिता राज अभिनित “प्रेम गीत” फिल्मले खासै सफलता नपाए पनि जगजतिद्धारा संगीतवद्ध भएको गीत आज पनि अमर रहेको छ । “होठो से छू लो तुम, मेरा गीत अमर कर दो” आज पनि उत्तिकै कर्णप्रिय गीतको रुपमा रहेको छ ।
जगजीत सिंह पहिले गजलकार पनि थिए । उनले चित्रासंग लण्डनमा पहिलो पटक डिजिटल रेकर्डिङ गरेका थिए भने उनले “बियोण्ड टाइम एलबम” प्रकाशमा ल्याएका थिए । सन १९८२ मा महेश भट्टले फिल्म “अर्थ” मा जगजतिलाई लिएका थिए । “तुम ईतना जो मुस्कुरा रहे हो....”, “झुकी झुकी सी नजर”, कोई ये कैसे बताएँ” अधिक हिट भएका थिए । साथै उनले गाएको गीत “ये तेरा घर ये मेरा घर, तुमको देखा तो ये खयाल आया” खुबै मन पराईएका सिर्जना हुन ।
सफल संगीत दिएपछि जगजीत सिंहको चर्चा बलिवुडमा निकै हुन लाग्यो । त्यो बेलामा डिस्को चल्ने बेला थियो तर जगजीतको संगीत भने अलग धारको भएकोले चर्चा पाउनु स्वभाविकै थियो । जगजीतलाई फिल्म निर्माता÷निर्देशकको दवावमा काम गर्न मन पर्दैनथ्यो । तर त्यसले उनलाई कुनै घाटा लागेन । उनले आफ्ना गजलका एल्वममा विशेष ध्यान दिने गरेको पाईन्छ । तैपनि उनले संगीत गरेको फिल्म “कालका १९९३, रावण १९८४, कानून की आवाज १९८७ आएका भएपनि उल्लेखनिय लोकप्रिय भएनन् ।
शायर बशीर बद्र, निदा फाजली, जावे अख्तर, लता मंगेशकर, गुलजार लगायतका नाम कमाएका कलाकार र गजलकारहरुसंगको संगतमा उनले आफ्नो गायनमा अनौठा अनौठा प्रयोग पनि गरे । उनले गजलका वादशाह मेहन्दी हसनको उपचारको लागि तीन लाख रुपैया सहयोग गरेको बेलामा उनलाई पाकिस्तानी सरकारले नजरअन्दाज गरेको थियो ।
जस्तो उनको कोमल मखमली आवाज थियो, त्यस्तै कोमल हृदय भएका व्यक्ति पनि थिए । तर अन्तिम दिनहरुमा उनको अस्वस्थ अवस्थाले कठोर बनाई दिएको थियो । पहिले १९९० मा युवा छोरा विवेकको १८ वर्षको उमेरमा कार दुर्घटनामा भएको मृत्यु तथा फेरी छोरी मोनिका दत्ताले गरेको आत्महत्याले उनलाई भित्रभित्रै कमजोर बनाएको थियो ।
स्नातक गरेपछि उनले संगीतमा तल्लिन हुन लागे । १५ वर्षको उमेरमा उनि देशभर गजल गायक तथा संगीतकारको रुपमा नाम कमाई सकेका थिए ।
उनले पंजावी, बंगाली, गुजराती तथा नेपाली भाषामा आफ्नो प्रस्तुति दिएका छन् । जावेद अख्तर, महेश भट्ट, पंकज उदास, शबाना आजमी, शाहरुख खान, अक्षय कुमार, श्रेया घोषाल, करण जौहर, प्रीति जिन्टा, महेश भट्ट, फरहान अख्तर, अमिताभ बच्चन लगायतका कलाकार गीतकार, गजलकारहरुले शोक व्यक्त गरे ।
भारतका प्रधानमन्त्री मनमोहन सिंहले पनि प्रख्यात गायक जगजीत सिंहको निधनमा शोक जनाए । उनको निधनमा गजल गायक पंकज उदासले जगजीत एक “बहुमुखि प्रतिभा भएका गायक” भनेर संज्ञा दिए । स्वर साम्रागी लता मंगेशकरले उनको निधनले एक संगीत जगतको महान हस्तिको अभाव भएको बताईन ।
पीडव्ल्यूमा तृतीय श्रेणीका कर्मचारी बुबा, आमा तथा चार बहिनी र दुई भाईहरु भएको परिवारको सपनालाई साकार पार्ने जिम्मा आफ्नो काँधमा लिएका जगजीत मुम्बई हानिदा उनको गोजिमा ४०० रुपैया मात्रै थियो । तर भाई बहिनी अनि परिवारको माया पाएका जगजीतले लामो समयसम्म चार सय रुपैया आफ्नो साथमा रारिहेका थिए ।

0 comments:
Post a Comment