-आरजु विष्ट सल्यानी
भारतीय लोकसंगीतका जादुगर मानिने गायक भूपेन हजारिका अलविदा भएपछि एउटा प्रख्यात श्रष्टाको संगीत संवर्धन र प्रवर्धनको कामको जिम्मेवारी नयाँ पुस्तामा सरेको छ । अब चिन्ता भूपेनको जस्तो झुकाव र लगानि संगीत क्षेत्रमा हुन्छ वा हुँदैन ? प्रश्न खडा भएको छ ।
उनको निधन ६ नोभेम्वर २०११ मा मुम्बईमा भएको हो । यि यस्ता भाग्यमानि गायक रहे कि भारतको गुहाटिमा लाखौं मानिसको अगाडी अन्तिम बिदाई गरीएका व्यक्तिमा दरीए । उनको शव यात्रालाई एउटा ऐतिहासिक पनि मानियो ।
वौद्ध धर्मलाई अपनाएका हजारिकाको हिन्दु परम्परा अनुसार अन्तिम संस्कार सम्पन्न गरीएको हो । आसाममा लोक संगीतको माध्यमबाट हिन्दी फिल्ममा जादुगरि प्रभाव पार्ने ब्रम्हापुत्रका कवि भूपेन हजारिकाले गाएको उनको जिवनको एक गीत “दिल हुम हुम करे” र “ओ गंगा बहती हो” माईल स्टोन मानिन्छन् । यि गीतमा उनले आफ्नो विलक्षण आवाज दिएर लाखौंको प्रशंमा बटुलेका थिए ।
पेशाले भूपेन एक कवि, संगीतकार, गायक, अभिनेता, पत्रकार, निर्माता तथा स्वघोषित “यायावर” हजारिकाले आसामको समृद्ध लोक संस्कृतिका गीतहरुलाई विश्व माझ पुर्याएका थिए । हजारिका नेपाल, बंगलादेश लगाएतका एशियाली देशका प्रिय गायक थिए । सादियामा एउटा शिक्षित परिवारमा जन्मेका हजारिकाले प्राथमिक शिक्षा गुहाटीबाट गरेका थिए भने बि.ए बनारस हिन्दु विश्व विद्यालय तथा पिएचडि “जनसंचार” विषयमा कोलम्विया विश्व विद्यालयबाट गरेका थिए । साथै उनलाई सिकागो विश्व विद्यालयबाट फेलोसिप प्राप्त भएको थियो ।
अमेरीकामा रहेको बेलामा उनले प्रख्यात अश्वेत गायक पल रोबसनसंग संगत गरेका थिए । उनको गीत “ओल्ड मेन रिभर” लाई हिन्दीमा “ओ गंगा बहती हो” को रुप दिएपछि कयौं वामपन्थि कार्यकर्ताहरुको पिढिंको लागि एउटा राष्ट्रिय गानको रुपमा रहेको थियो ।
कयौं वर्ष अगाडी एउटा राष्ट्रिय दैनिकमा दिएको साक्षात्कारमा हजारिकाले आफ्नो गायनको श्रेय आदिवासी लोक संगीतलाई दिएका थिए । दादासाहेब फाल्के पुरस्कार विजेता हजारिकाले आफ्नो साक्षात्कारमा भनेका थिए कि “लोक संगीत सुनेर ठूलो भएको तथा लोक संगीतमा भएको जादुले मेरो गायनलाई परिपक्व बनायो ।”
भूपेनलाई गायनलाको सिप आफ्नी आमाबाट मिलेको पाईन्छ । उनले लोरीया गाउने गर्थिन् । उनले भनेका छन् “मैले आफ्नि आमाको एक लोरीयाको प्रयोग गरे र फिल्म “रुँदाली” मा त्यसको प्रभाव निकै देखियो ।” हजारिकाले आफ्नो पहिलो गीत “विश्व निजाय नौजवान” सानै उमेरमा गाएका थिए । आसामी भाषाका साथमा उनले बंगाली र हिन्दी फिल्मको लागि गीतकार, संगीतकार तथा गायकको भूमिका निर्वाह गरेका थिए । उनको साथ लामो समयसम्म हिन्दी फिल्ममा साथी कल्पना लाज्मीसंग रह्यो । “रुदाली, एक पल, दरमिया, दमन तथा क्यो शामिल” मा उनको संलग्नता रहेको थियो ।
हजारिकालाई चमेली मेमसाबमा संगीतकारको रुपमा सर्वश्रेष्ठ पुरस्कार दिईएको थियो । यसका साथै उनले आफ्नो फिल्म शकुंतला, प्रतिध्वनी, लोटीघोटीको लागि राष्ट्रपति पुरस्कार पनि पाएका थिए ।
बहुमुखि प्रतिभाका धनि डा. हजारिका सन १९२६ मा सादिया, आशाममा जन्मेका थिए । एउटा कुशल पत्रकार, कलाकार चलचित्र जगतका अनि गायक, संगीतकार, गीतकार हुन । १९४२ मा मानविकि तह गुहाटिबाट पास गरेका थिए भने १९४४ मा हिन्दु विश्व विद्यालय बनारसबाट बि.ए, र राजनीति शास्त्रमा १९४६ मा एम.ए गरेका थिए । त्यसपछि उनि अमेरीका गएका थिए । उनले त्यहाँ आम संचारमा कोलम्विया विश्व विद्यालयबाट पिएचडि गरे । उनले चीकागो विश्व विद्यालयबाट लेस्लि फेलोसिप पाए भने चलचित्रको अध्ययनमा सफलता प्राप्त गरे ।
भूपिन हजारिका भारतमा अग्रभागमा रहेर आफ्नो भूमिका निर्वाह गरेका कलाकार मध्य एक हुन । संभवतया एक मात्र भारतीय तथा विश्व सिनेमाको व्यानरमा दर्ज भएका व्यक्ति हुन । उनि एक मात्र व्यक्ति बितेका ४० वर्षमा सिनेमा जगतमा हलचल मच्चाएका श्रष्टा मानिन्छन् ।उनको लोकप्रियता विधायन समितिमा पनि रहेको थियो । एउटा स्वतन्त्र उम्मेदवारको रुपमा उनि १९६७ देखि १९७२ सम्म रहेका थिए । उनले त्यस बेलामा आसाममा आफ्नै फिल्म स्टूडियो पनि खोलेका थिए । उनले फिल्ममा वाल कलाकारको रुपमा १९३९ मा हात हालेर आफ्नो करियर आरम्भ गरेकाका थिए । फिल्म थियो “ईन्द्रमालति” .....।
उनले लेखेको तथा गाएको पहिलो गीत १० वर्षको उमेरमा थियो । उनले उत्पादन तथा निर्देशन गरेको फिल्म एरा बतार सूर १९५६, सकुन्तला १९६०, प्रतिध्वनी १९६४, लोटिघोटि १९६७, चीक मिक विजुली १९७१, मोन प्रजापति १९७८, स्वीकारोक्ति १९८६, सिराज १९८८ रहेका छन् तथा मेरा दराम मेरी मा १९७७ रहेको छ । उनले कलर डकुमेन्ट्री अरुणाचल प्रदेशको लागि लोक संगीत र नृत्य समेत समावेस गरेका थिए । जो फर हुम दि सनसाईन्स १९७४ थियो ।
उनले एउटा डकुमेन्ट्री उत्पादन तथा निर्देशन गरेका थिए । ईमुथि सउलार कहिनी थियो जो सरकारको संयोजनामा आधारीत थियो । उनले अर्को आधा घन्टाको डकुमेन्ट्री १९७७ मा कलकत्ता दूरदर्शन केन्द्रको लागि बनाएका थिए, जो लोक गीतमा आधारीत उत्तरपूर्वि भारतको नृत्यलाई समावेश थियो । उनले १९८१ मा पर्यटन प्रवर्धनको लागि आसाममा पाँच वटा डकुमेन्ट्री उत्पादन तथा संगीत भरेका थिए ।
उनले अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेको “एक पल” फिल्म उत्पादन तथा संगीत भरेका थिए जो १९८६ मा थियो, जस्लाई कल्पना लाज्मीले निर्देशन गरेकि थिईन भने शवना आज्मी, नसरुद्धिन शाह र फारुक साईकले भूमिका निर्वाह गरेका थिए । उनले लोकप्रिय टेलिभिजन सिरीयल लोहित किनारेको उत्पादन तथा संगति भरेका थिए । जो कल्पना आज्मीको निर्देशनमा रहेको थियो । जस्मा आसामको कथा रहेको छ । यो प्राईम राष्ट्रिय नेवर्कको लागि १९८८ मा बनेको थियो ।
उनले हिन्दी फिल्म रुदालीमा संगीत भरे बापत अवार्ड जितेका थिए । जस्मा डिम्पल कपाडिया, राज बब्बर, अमजद खान र राखिको भूमिका रहेको छ । हजारीकाले सकुन्तला, प्रतिध्वनी र लोटिघोटि को लागि राष्ट्रपति अवार्ड क्रमशः १९६०, १९६४ र १९६७ मा प्राप्त गरेका थिए । उनले संस्कृतिको प्रवर्धन र सिनेमामा योगदान दिए बापत अरुणाचल प्रदेश सरकारबाट १९७७ मा गोल्ड मेडल प्राप्त गरेका थिए भने १९७७ मा नै सर्वोत्कृष्ट संगीतकारको रुपमा राष्ठ्रिय पुरस्कार जितेका थिए ।
हजारिकाको फिल्मोग्राफि
गायक, संगीतकार, पत्रकार, निर्देशक, निर्माता, लेखक हजारिकाको फिल्मी संगीतको बेलिबिस्तार यस्तो छ ।

1939 Indramalati
1948 Siraj
1955 Pioli
Phukan
1956 Era
Bator Sur
1958 Mahut
Bandhu Re
1961 Shakuntala
Sur
1964 Pratidhwani
1964 Ka
Swariti
1966 Lati-Ghati
1969 Chik
Mik Bijuli
1973 Titash
Ekti Nadir Naam
1973 Aarop
1974 For
Whom the Sun Shines
1975 Chameli
Memsaab
1976 Roop
Konwar Jyoti Parsad Aru Joymoti
1976 Mera
Dharam Meri Maa
1977 Through
Melody and Rhythm
1977 Shimana
Perye
1979 Mon-Prajapati
1979 Debdas
1982 Aparoopa
1986 Swikarokti
1986 Ek
Pal
1988 Siraj
1993 Rudaali
1993 Pratimurti
1997 Do
Rahain
1997 Darmiyaan:
In Between
1998 Saaz
2000 Gaja
Gamini
2001 Daman:
A Victim of Marital Violence
2003 Kyon?
2006 Chingaari
2011 Gandhi
to Hitler डा.हजारिका पूर्वि क्षेत्रीय पुनरालोकन समिति, जो केन्द्रीय फिल्म सेन्सर वोर्ड सरकारको थियो, त्यहाँ ९ वर्ष, १९९० सम्म प्रमुखको रुपमा काम गरेका थिए । पूर्वि भारतको चलचित्र विकास बोर्डमा उनले स्क्रीप्ट राईटरको काम पनि गरेका थिए । उनि चिल्ड्रेन फिल्म सोसाईटिका कार्यकारी सदसय पनि भएका थिए जो जया बच्चनको नेतृत्वमा रहेको थियो भने उनि गरिब कलाकारहरुको संस्थाको सदस्य भएका थिए । हजारिका १९८५ मा राष्ट्रिय फिल्म अवार्ड कार्यक्रमको प्रमुख तथा १९५८ देखि १९९० सम्म कयौं पटक निर्णायकको भूमिका निर्वाह गरेका थिए । हजारिका कुनैबेला फिल्म निर्माण तथा सरकार तहको नीति निर्माताका रुपमा कहलिएका थिए ।
हजारिकाले १९३० देखि १९९० सम्म कयौं बंगाली, हिन्दी फिल्ममा संगीत र गीत लेखन तथा गायनमा दख्खल राखे । बितेका ४० वर्षमा उनका फिल्मका गीतहरुले निकैे चर्चा बटुलेका थिए ।

0 comments:
Post a Comment