नेपाललाई घनिस्ट मित्रको रुपमा लिने गरेका अभिनेता देवानन्दले फिल्म हरेरामा हरेकृष्ण र हिरा पन्ना लगायतका फिल्को छायांकन नपालमा गर्नुभएबाट पनि उहाँले नेपाललाई एउटा घनिस्ट मित्रको रुपमा लिएको प्रष्ट हुन्छ ।८५ वढि फिल्ममा आफ्नो अभिनय प्रस्तुत गर्नुभएका देव आनन्द स्वास्थ्य उपचारका लण्डनमा रहेको बेलामा हृदयघात भएर यो संसारबाट अन्र्तध्यान हुनुभएको हो ।
चलचित्र जगतमा एउटा हँसिलो र फारासिलो अँझ भनौं रोमान्टिक फिल्म रुचाउने सदाबहार अभिनेता देव आनन्दले गाइड, ज्वेल थिप, तेरे मेरे सपने, ग्लाम्बर, देश परदेश, पेइङ गेष्ट, बाजी, सिआइडी, जोनी मेरा नाम, अमिर गरीब, वारेन्ट लगाएतका चर्चित फिल्मको निर्माण र अभिनय समेत प्रस्तुत गरेको पाईन्छ ।
देवानन्द वर्ष १९२३ मा पाकिस्तानको पञ्जावमा जन्मनुभएको हो । उहाँले सन् १९४६ मा ‘हम एक हैं’ फिल्मबाट अभिनय सुरु गर्नुभएको थियो भने ६ दशक फिल्मी जगतमा खर्च गर्नुभयो ।
कुनै बेलामा देव आनन्दलाई कालो पहिरनमा बन्देज लगाईएको थियो । के भनिन्थ्यो भने देव आनन्दले कालो सुट लगाएर हिँडेको देख्दा युवतिहरु आकर्षित हुन्थे र बेहोस हुने गर्थे, त्यसैले उहाँलाई कालो पहिरन लगाउनमा बन्देज लगाईएको थियो ।
अभिनेत्री कल्पना कात्तिकसँग प्रेम विवाह गरेका देवका एक छोरा र एक छोरी छन् । भारतीय चलचित्रका समकालिन अभिनेत्रीहरु सुरैया, मधुवाला, वहिदा रहमान, मुमताज, वैज्यन्ती माला, हेमा मालिनी, जिनत अमान, टिना मुनिम लगायतसंग उहाँले फिल्म खेल्नुभएको थियो ।
देव आनन्दले सन् १९४९ मा नवनिकेतन फिल्म प्रोडक्सन गर्नुभऐका थियो भने उहाँले ३० वढि चलचित्र निर्माण गरेको पाईन्छ । देवले वर्ष २००१ मा पद्म भूषण र २००२ मा भारतको ठूलो पुरस्कार दादा साहेब फाल्के पाउनु भएको थियो । सन् १९९३ मा उहाँले फिल्म फेयर ‘लाइफ टाइम एचिभमेन्ट एवार्ड’ पाउनु भएको थियो ।
आत्मकथा ‘रोमान्सिङ विथ लाइफ’ एक पठनीय पुस्तकलाई देव आनन्दले नै लेख्नु भएको हो भने निकै लोकप्रिय मानिने पुस्तक हो ।
देवको नेपालका पूर्व राजा महेन्द्र संगको आत्मिय सम्वन्ध थियो । भने ज्ञानेन्द्रको शासनकालमा उहाँ नेपालमा आयोजना गरीएको नेपाली चलचित्र महोत्सवमा सम्मानित हुनुभएको थियो ।
उहाँले जीनको अन्तिम कालखण्डमा आफुलाई चलचित्र निर्माणमा लगाउनु भएको थियो । उहाँको निर्देशन मा अन्तिम चलचित्र ‘चार्जसिट’ हो । यसलाई दर्शकले कशिले हेर्न पाउने हुन पर्खाईको विषय भएको छ ।
देव आनन्दको विवाह १० मिनेटमा
आफ्नी पत्नि मोना कल्पना कार्तिकबाट देव आनन्दको कुराकानी बाजिको सेटमा भएको थियो । चेतन आनन्दले उनलाई सिमलाको सेन्ट पिटर्स कलेजबाट हिरोईन बनाउन लिएका थिए । वास्तवमा चेतनकि पहिलो पत्नि उमा बेनर्जिकि कान्छि छोरी थिईन । उमाबाट चेतनले लाहोरमा कलेजको पढाईको समयमा विवाह गरेका थिए ।
बाजिमा कल्पना कार्तिकले सहनायिकाको भूमिका निर्वाह गरेकि थिईन । साथै पछि नवकेतनको आँधिया, हमसफर र ट्याक्सि ड्राईभर, नौ दो ग्यारह लगायतका फिल्ममा पनि देवको नायिका बनेर थिईन ।
सुरैयाको तर्फबाट एकतर्फि विवाह नगर्ने जवाफ मिलेपछि देव कल्पना कार्तिकतर्फ झुक्न लागे र दुवैले ट्उाक्सि ड्राईभरको निर्माणको क्रममा स्टूडियोमा नै रजिष्ट्रारलाई बोलाएर १० मिनेटमा विवाह गरेका थिए ।
चेतन आनन्दले विवाहको सुईसम्म पाएका थिएनन् । जब ट्याक्सि ड्राईभरको निर्देशन गरिरहेका थिए, नवकेतन स्टूडियोको एक क्यामरामा जब विवाह भईरहेका थियो, चेतन आनन्द शुटिङको लागि प्रकाशको व्यवस्थामा लागेका थिए । छोटो समयमा यो उनको विवाहको नतिजा स्वरुप देवले छोरा सुनिल र छोरी देविनालाई दिए ।
भारतीय चलचित्रका प्रख्यात अभिनेता, निर्माता तथा निर्देशक देव आनन्दको डिसेम्वर ३ अर्थात मंसिर १७ गते लण्डनमा हृदयघातबाट ८८ वर्षको उमेरमा निधन भएपछि समग्र चलचित्र जगत स्तव्ध भएको छ ।





0 comments:
Post a Comment