Pages

Monday, June 9, 2014

“मेरा गीत अमर कर दो”...जगजीत...”

आरजु विष्ट सल्यानी

मखमलि अनि मीठो कर्णप्रिय स्वरका धनि गजल गायनका सम्राट जगजीत सिंह अब यो संसारमा रहेनन् । गजल गायनको दुनियाँलाई एक नयाँ मार्ग देखाउने रुमानि हस्ति सोमवार असोज २३ गते, २०६८ तदनुसार १० अक्टोवर २०११ मा उनको ७० वर्षको उमेरमा निधन हुँदा सम्पूर्ण संगीत क्षेत्रका तथा गजलका पारखिहरु स्तव्ध भए ।

जगजति सिंहको गायनको नाता नेपालसम्म पनि एउटा एल्वमबाट जोडियो । महान गजल गायकको ब्रेन ह्यामरेजको कारण निधन भएको हो । भन्नेहरु भन्छन् ः“उनको गायन सागर जस्तो मापन नभएको गहिराई र फारकिलो भएको स्वर थियो ।”

आवाजका जादुगर मानिने जगजितको स्वास्थ्य लाभको कामना गरिरहेका लाखौं उनका प्रशंकहरु १० अक्टोवरमा स्तव्ध बने कि उनलाई अब उनका स्वरांकित कृतिमा बाहेक भौतिक रुपमा शरिरलाई भेट्न, देख्न र छुन सक्ने छैनन् ।

आरम्भमा लेखिएको उनले गाएको गीतको पंक्ति कम्तिको मार्मिक छैन । उनले गाएका थिए कि “...मेरा गीत अमर कर दो” अब गीत अमर त रहने नै छन, जगजीत प्रशंसकहरुको स्मरणमा पनि अमर भईरहने छन् ।

“तुम इतना जो मुस्करा रहे हो”, झुकि झुकि सी नजर..लगायतका कैयन स्वरबाट करोडौं श्रोताको मनका बसेका जगजीत ७० तथा ८० को दशकमा दरवारि परम्पराबाट निक्लिएर गजल गायनबाट आम जनमानसमा आउका थिए । उनले गजल गायनमा नयाँ परम्परा बसाए र गजलमा अरबी तथा फारसीको रसलाई कमि हुन दिएनन् ।

गजल गायनमा नाम उचों बनाएका जगजीतको आफ्नो रेशमी आवाज र शेरका विविधतामा अलग अलग माधुुरता पाईन्छ । “कागजकी कश्ती, वासिका पानी” अमर प्रेमको प्रतिक “पत्ता पत्ता बूटा बूटा”, होटो से छु लो तुम, मेरा गीत अमर कर दो तथा तुमको देखा तो ये खयाल आया” लगायतका बेजोडका गजल रहेका छन् । उनका गजल सुन्दा, उनले गाउँदा मेहफिलको सौम्यता जसरी बढेको हुन्थ्यो अब अभाव हुनेछ जगजीतले तताउने गरेको मेहफिल जमाउने जिम्मा कस्ले लिने हो ? यो भविष्यको गर्भमै रहेको छ ।

सिंह सन १९४१, फेब्रुअरी ८ मा भारतको राजस्थानको गंगानगरमा जन्मेका हुन । उनका बुबा सरदार अमरसिंह धमानी एक सरकारी जागिरे थिए । जगजीतको परिवार मूलतः पंजावको रोपड जिल्लाको दल्ला गाउँमा रहेको थियो । उनकि आमा बच्चन कौर पंजावको समरल्लाको उट्टालन गाउँकि हुन ।

जगजीतको वालापनको नाम “जीत” थियो । उनको आरम्भको शिक्षा गंगानगरको खालसा भएको थियो भने कुरुक्षेत्र विश्वविद्यालयबाट इतिहासमा पोष्ट ग्रेजुयट गरेका थिए । उनलाई संगीतको विरासत आफ्नो बुबाबाट मिलेको पाईन्छ । गंगानगरमै पण्डित छगनलाल शर्माको मण्डलीमा दुई वर्षसम्म शास्त्रिय संगीत सिकेका थिए ।

सैनिया घरानाका उस्ताद जमाल खान साहेबबाट उनले ख्याल, ठूमरी तथा ध्रुपद राग सिकेका थिए । उनका बुबाले जगजीतलाई भारतीय प्रशासनिक सेवामा लगाउन चाहेका थिए तर जगजीत भने गायक नै बन्ने धूनमा रहेका थिए भने मुम्बई गएका थिए । पेईङ गेष्ट रहेर विज्ञापनको लागि जिंगलहरु तथा विवाहका कार्यक्रममा गति गाएर उनले आफ्नो गुजारा चलाएका थिए । उनको भेट प्रख्यात गायिका चित्रासंग भएको थियो । पछि दुवै जना प्रणय सुत्रमा पनि बाँधिए ।

सन १९७६ मा जगजीतको पहिलो एल्वम “द अनफरगेटेबल्स” रीलिज भएको थियो भने  जो उनको जिवनमा निकै हिट एल्वम मानिन्छ । त्यो बेला फिल्मी संगीतको बोलवाला र बिक्रि हुने जमाना थियो । निजि कम्पनिहरुले बडा मुस्किलले एल्वम निकाल्ने गर्दथे । किनभने उतिबेलाको ग्रामोफोन रेकर्डस् मुस्किलले विक्रि हुने गर्दथ्यो । तर उनको एल्वम यति धेरै विक्रि भयो कि गजल आम मानिसको माझमा पुग्यो ।

फिल्म निर्माता पनि जगजीतको सफलताबाट चकित भएका थिए तथा १९८१ मा संगीतकार जगजीतको लागि फिल्म “प्रेम गीत” मा काम पाएका थिए । त्यसअघि उनले एउटा गुजराति फिल्म, एक बार कहो, गृह प्रवेश लगायतका फिल्ममा गीत गाईसकेका थिए । राज बब्बर अनिता राज अभिनित “प्रेम गीत” फिल्मले खासै सफलता नपाए पनि जगजतिद्धारा संगीतवद्ध  भएको गीत आज पनि अमर रहेको छ । “होठो से छू लो तुम, मेरा गीत अमर कर दो” आज पनि उत्तिकै कर्णप्रिय गीतको रुपमा रहेको छ ।

जगजीत सिंह पहिले गजलकार पनि थिए । उनले चित्रासंग लण्डनमा पहिलो पटक डिजिटल रेकर्डिङ गरेका थिए भने उनले “बियोण्ड टाइम एलबम” प्रकाशमा ल्याएका थिए । सन १९८२ मा महेश भट्टले फिल्म “अर्थ” मा जगजतिलाई लिएका थिए । “तुम ईतना जो मुस्कुरा रहे हो....”, “झुकी झुकी सी नजर”, कोई ये कैसे बताएँ” अधिक हिट भएका थिए । साथै उनले गाएको गीत “ये तेरा घर ये मेरा घर, तुमको देखा तो ये खयाल आया” खुबै मन पराईएका सिर्जना हुन ।

सफल संगीत दिएपछि जगजीत सिंहको चर्चा बलिवुडमा निकै हुन लाग्यो । त्यो बेलामा डिस्को चल्ने बेला थियो तर जगजीतको संगीत भने अलग धारको भएकोले चर्चा पाउनु स्वभाविकै थियो । जगजीतलाई फिल्म निर्माता÷निर्देशकको दवावमा काम गर्न मन पर्दैनथ्यो । तर त्यसले उनलाई कुनै घाटा लागेन । उनले आफ्ना गजलका एल्वममा विशेष ध्यान दिने गरेको पाईन्छ । तैपनि उनले संगीत गरेको फिल्म “कालका १९९३, रावण १९८४, कानून की आवाज १९८७ आएका भएपनि उल्लेखनिय लोकप्रिय भएनन् ।

शायर बशीर बद्र, निदा फाजली, जावे अख्तर, लता मंगेशकर, गुलजार लगायतका नाम कमाएका कलाकार र गजलकारहरुसंगको संगतमा उनले आफ्नो गायनमा अनौठा अनौठा प्रयोग पनि गरे । उनले गजलका वादशाह मेहन्दी हसनको उपचारको लागि तीन लाख रुपैया सहयोग गरेको बेलामा उनलाई पाकिस्तानी सरकारले नजरअन्दाज गरेको थियो ।

जस्तो उनको कोमल मखमली आवाज थियो, त्यस्तै कोमल हृदय भएका व्यक्ति पनि थिए । तर अन्तिम दिनहरुमा उनको अस्वस्थ अवस्थाले कठोर बनाई दिएको थियो । पहिले १९९० मा युवा छोरा विवेकको १८ वर्षको उमेरमा कार दुर्घटनामा भएको मृत्यु तथा फेरी छोरी मोनिका दत्ताले गरेको आत्महत्याले उनलाई भित्रभित्रै कमजोर बनाएको थियो ।

स्नातक गरेपछि उनले संगीतमा तल्लिन हुन लागे । १५ वर्षको उमेरमा उनि देशभर गजल गायक तथा संगीतकारको रुपमा नाम कमाई सकेका थिए ।
उनले पंजावी, बंगाली, गुजराती तथा नेपाली भाषामा आफ्नो प्रस्तुति दिएका छन् । जावेद अख्तर, महेश भट्ट, पंकज उदास, शबाना आजमी, शाहरुख खान, अक्षय कुमार, श्रेया घोषाल, करण जौहर, प्रीति जिन्टा, महेश भट्ट, फरहान अख्तर, अमिताभ बच्चन लगायतका कलाकार गीतकार, गजलकारहरुले शोक व्यक्त गरे ।

भारतका प्रधानमन्त्री मनमोहन सिंहले पनि प्रख्यात गायक जगजीत सिंहको निधनमा शोक जनाए । उनको निधनमा गजल गायक पंकज उदासले जगजीत एक “बहुमुखि प्रतिभा भएका गायक” भनेर संज्ञा दिए । स्वर साम्रागी लता मंगेशकरले उनको निधनले एक संगीत जगतको महान हस्तिको अभाव भएको बताईन ।

पीडव्ल्यूमा तृतीय श्रेणीका कर्मचारी बुबा, आमा तथा चार बहिनी र दुई भाईहरु भएको परिवारको सपनालाई साकार पार्ने जिम्मा आफ्नो काँधमा लिएका जगजीत मुम्बई हानिदा उनको गोजिमा ४०० रुपैया मात्रै थियो । तर भाई बहिनी अनि परिवारको माया पाएका जगजीतले लामो समयसम्म चार सय रुपैया आफ्नो साथमा रारिहेका थिए ।
                                                            




“स्वर सम्राटको उपाधि र सालिक निर्माणका विरोधी” नारायण दाई, स्मृतिका २१ वर्ष........

आरजु विष्ट “सल्यानी”

चिनारी हाम्रो धेरै पुरानो रहेझैं लाग्दछ
नदेखेपनि भेट सधैं सधैं भए झैं लाग्दछ ।

गीतकार नगेन्द्र थापाको रचना, कर्म योञ्जनको संगीत अनि स्वर÷सं

एक जमानामा नारायण गोपालले दार्जिलिङमा आयोजना गरीएको सांगीतिक कार्यक्रममा, त्यो ठूलो भिड, जमघटमा कसैलाई इंगित गरेका थिए भने त्यो स्वर प्रक्षेपण पेमला लामा प्रति नै थियो । त्यहाँ गाईएका तमाम गीतहरुले आम दर्शक र श्रोताको मन छोएको थियो तर “चिनारी हाम्रो धेरै पुरानो रहेझैं लाग्दछ” गीत प्रस्तुत गर्नुको अर्थ र मोहनी भाव पेमलाप्रति लक्षित थियो ।

पेमलालाई मन पराएको स्वर संकेत नारायण गोपालको थियो । गीतबाटै दिएको माया पेमलाले नबुझ्नै कुरै थिएन, गीतकार नगेन्द्र थापाले अनि कर्म योञ्जन, गोपाल योञ्जनहरुले नबुझ्ने कुरै थिएन । सांगीतिक नाईट कार्यक्रमलाई पेमला र नारायण गोपालको मिलनको एक कडिको रुपमा लिनुपर्छ, त्यसैले यसरी उठान गर्न मन लागेको नारायण दाईको स्मृतिका २१ वर्षमा ।

नारायण गोपाललाई स्मृतिमा राख्न लागेको पनि २०६८ मंसिर १९ गतेसम्म आउँदा २१ वर्ष भईसकेछन् । २०४७ मंसिर १९ गते अन्र्तध्यान हुनु भएका गोपालको सम्झना सदियौंको लागि यादगार भएर रहिरहेको नेपाली माझमा । नारायण गोपालले मन पराएका र नारायण गोपाललाई मन पराउने हजारौं भएपनि दीलभित्रैबाट मन पराउनेहरुको पंक्तिमा अग्र भागमा पेमला नै उभिन सक्नु भयो र उहाँ नै नारायण गोपालकि जीवन साथी बन्नुभयो । गोपालले माया गरेकाहरुमा जिवन साथीको माया बाँढ्ने साथी पेमला गुरुवाचार्य बन्नुभयो । त्यसैले होला बैंसको बेलामा पेमलालाई गोपालको यो गीत साहै्र मन पथ्र्यो ः

“ए कान्छा ठट्टैमा यो
बैंस जान लाग्यो
जाँदैन बाचा खेर
पर्ख लिन आउँला ।”

यो गीत सुनेपछि सबै मोहित हुने नै गर्छन्, अरु भन्दा वढि पेमला नै सम्मोहित हुन भो नारायण गोपालदेखि । स्वरमा गजवको जादु भएका गोपालको स्वर जादुमा तैरीनेहरु कति काख लागे लागे तर काखमा आउने हजारौंमा भाग्यमानि पेमला नै हुनुभयो । उहाँ नभएको भए नारयण गोपाल अहिलेको जस्तो गोपाल हुनु केहि कमि हुन्थ्यो । स्वर एउटा शाश्वत माध्यम हो, यस्को बन्धन अरु भन्दा कसिलो हुन्छ, त्यहि हुनुले नै नारायण गोपाल उदाएर अनन्त युगको लागि अजर अमर रहने श्रष्टा बन्न सफल बन्नु भएको हो ।

बुबा सितारबादक आशागोपाल गुरुवाचार्य र रामदेवी गुरुवाचार्यको सुपुत्रको रुपमा नारायण गोपाल विक्रम सम्बत १९९६ असोज १८ गते वुधवार काठमाण्डौमा जन्मनु भएको हो । नेपाली संगितलाई सुरीलो÷मखमली स्वरले एकताबद्ध गर्ने स्रष्टामा नारायण गोपालको नाम घोषणा गर्दा नै सर्वाधिक न्याय संग मान्नुपर्छ । अजम्वरी गीत÷संगीतमा सदा स्मरणीय रहेका गुणशाली तथा ख्यातिप्राप्त गायक÷संगीतकार नारायण गोपालले स्वरसम्राटको उपाधि जनस्तरबाट नै पाउनु भएको हो ।

रत्नदास, शिवशंकर, मित्रसेन, नातिकाजी, पुष्प नेपालीजस्ता संगीतका हस्तीहरू लोकवाद्य परम्परामा रहिरहेका बखत नारायण गोपालले लोकशैली नलिई शास्त्रीयतामा आधारित आधुनिक गीतको शुरूवात गर्नु भएको थियो । नेपाली आधुनिक सांगीतिक जगत्मा नारायण गोपालको प्रवेश भएपछि गीत, संगीतको स्वर्णिम युगको शुरूआत भएको मानिन्छ ।

उहाँका समकालीन गायकमा माणिकरत्न, प्रेमध्वज, कन्हैयाकुमार लगायतका थिए । संगीत पारखीहरू उहाँको गलालाई आज पनि मखमली भनेर शव्द पुकार गर्छन् । पहिले पिता आशागोपाल गुरुवाचार्य र पछि माणिकरत्नको संगत र प्रेरणा पाउनु भएका नारायण गोपाल २०१८ सालमा एकै पटक छ गीत रेकर्ड गराएर यस क्षेत्रमा प्रवेश गर्नुभएको थियो ।

स्वरसम्राटले करिब १ सय ४५ गीतमा स्वर र संगीत दिनुभएको छ । नेपाली र मातृभाषा नेवारीमा गीत,संगीत गरेका उहाँका गीतियात्रा, गीति श्रद्धाञ्जलि, ब्ल्यु नोट्स् र स्वर्णिम सन्ध्या लगायतका गीति एल्बम प्रकाशनमा आएका छन् र घरघरमा सजिएका छन् ।

चलचित्र परिवर्तनदेखि चोटसम्मका थुप्रै चलचित्रमा पनि उहाँले स्वर दिनुभयो । नारायण गोपाल संगीत कोषले वाद्यवादन, भजनका प्रशिक्षण तथा स्वरसम्राटद्वारा संगीतबद्ध तर रेकर्ड हुन बाँकी गीतहरूको खोजी अझैं गरिरहेको छ । कोषले महाराजगन्जस्थित स्वरसम्राटको घरलाई कार्यालयको रुपमा प्रयोग गरिरहेको छ र त्यसलाई संग्रहालयको रुपमा अगाडि सारेको छ ।

अपरीभाषित नारायण गोपालको स्वर

जीवन संगिनीको रुपमा नारायण गोपालको साथमा पेमला नै खुसि र शक्तिको रुपमा रहनुभयो । कहिले आरोह, कहिले अवरोह, उकाली र ओराली अनि नागवेली जालझेलको रुपमा आईपरेका समस्यासंग जुध्दै जिन्दगीमा थोपरीएका हिसाव, किताव गीत÷संगीतबाटै गरेको पाईन्छ । पेमलाका शव्दलाई सापटि लिने हो भने उहाँ सहयात्री मात्रै नभएर गोपाल एक व्याख्या गर्न नसकिने खालको व्यक्तित्व हुनुहुन्थ्यो भन्नु भएको पाईन्छ । यस्ता अपरीभाषित व्यक्तिलाई उचाईमा पुर्याउने समस्त नेपालीको हक र योगदान अवस्य रहेको छ ।

नारायण दाईको भौतिक जीवन नभएपछि उहाँले गाउनु भएका कतिपय तर अप्राप्य गीतहरुको खोज भएकै हो जारी छ । जस्मा चलचीत्र निर्देशक चेतन कार्कि, गीतकार रत्न शमशेर थापा, राजेन्द्र श्रेष्ठको सहयोग, वढि नै लागिपर्नु भएका अजम्वरी गीत संगीतका सोधकर्ता, वरीष्ठ संचार प्रशिक्षक तथा वरीष्ठ चलचीत्र निर्देशक प्रकाश सायमीको ठूलो योगदान रहेको छ । सायमीका अनुसार नारायण गोपालको युग भनेको नेपाली सुगम संगीतको लागि “स्वर्णिम कालखण्ड” हो ।

कोलकातामा २०१८ सालमा एकै पटक ६ गीत रेकर्ड गराएर औपचारीक रुपमा यस क्षेत्रमा प्रवेश गर्नुभएका गोपालको स्वर परिभाषित गर्न नसकिने स्वर भएको सायमिको भनाई छ ।                                             नारायण गोपालको पालामा धेरै प्रशंसक पुरुषहरु थिए । उनका धेरै साथीहरु पछि सत्रुको रुपमा पनि देखिएका थिए । यस्तो मोडमा महिला श्रोताहरु धेरै भएपनि पहिलो श्रोता दार्जिकिङकि एउटा स्कुलमा पढाउने पेमा लामा साच्चिकै उहाँको जिवन संगिनि बन्नुभएको सायमीले स्मरण गर्नुभयो ।                                                

आज काठमाडौंमा नारायण गोपालको स्मृति दिवसको सन्दर्भमा संचारकर्मिसंगको कुराकानीमा सायमीले नारायण गोपाललाई सरकारले हुलाक टिकटमा दर्ज गर्न, करोडौंका भौतिक संरचना निर्माण गर्न सक्ला तर पैसाको बिटोले र कुनैपनि पार्टीको झण्डाले नारायण गोपाल बनाउन नसक्ने दावि गर्नुभयो ।   
                                                 
डा.बानिरा गिरीको बिचारमा नारायण गोपाल एक अध्ययनशिल व्यक्ति हुनुहुन्थ्यो । उहाँले नरायण गोपाल एउटा व्याख्या गर्न नसकिने गायकको रुपमा दरीएको ठान्नुहुन्छ ।

नारायण गोपालका प्रिय गीतकारहरु मध्य रत्न शमशेर थापा पनि एक हुनुहुन्छ । थापाले एउटा संगीत गहन विधा भएकोले जो कोहिले सजिलै धान्न नसक्ने बताउनु हुन्छ ।

धेरैले १९ गतेलाई कालो दिनको रुपमा सम्झिने गर्दछन् । २०४६ सालमा आजैको दिन वरिष्ठ गायक भक्तराज आचार्यमाथि काठमाडौं वौद्धमा सांघातिक आक्रमण गरेर उहाँको गायन यात्रालाई टुटाईएको थियो । एउटा हस्ति गायक गोपालको निधन २०४७ मंसिर १९ मा हुनुु र अर्का मुर्धन्य गायक आचार्यको एक वर्ष अघि मंसिर १९ मै आक्रमण हुनु दुःखद पक्ष नेपाली माझ ताजै छ ।

नारायण गोपालले आफ्नो लागि मात्रै नभई अरुको लागि पनि संगीत गर्नुभएको इतिहास साक्षि छ । कुनै कुनै स्वरहरु नारायण गोपालकै स्वरमा मञ्चस्थ गरेर उचाईमा पुगेको पाईन्छ । जस्तो फत्तेमान राजभण्डारीले गाउनु भएको, रेडियो नेपालमा रेकर्ड भएको विसं २०३८ सालतिरको कुरो हो, नारायण गोपालले हङकङमा बि.एफ.बि.एस रेडियोमा आफैले गाउनु भएको थियो । जस्को रचना कालिप्रसाद रीजालले गर्नु भएको गीत हो “वनै खायो डढेलोले, मनै खायो त्यहि मोरीको पापी मायाले” यस्तै गायक रामकृष्ण ढकाल र गायिका लोचन भट्टराईले अलग अलग गाउनु भएको “माया गर्नेको चोखो माया पनि देखियो” पनि रहेका छन्, जो नारायण गोपालले पहिले नै गाईसक्नु भएको थियो ।

वीसको दशकपछि गाईएका परीवर्तनकारी गीतहरुको खबै चर्चा र इतिहासको पाटो बनेको पाईन्छ । त्यसेबेलाका कर्म योञ्जन, गोपाल योञ्जनका संगीतले नारायण गोपालको स्वरमा मौलाउने मौका पाएका थिए । 

२०१८ सालमा पहिलो पटक कोलकातामा पुगे

स्नातक सम्मको अध्ययन गर्नुभएका नरायण गोपालले सानैदेखि खुल्ला मञ्च र बोलाईने औपचारीक कार्यक्रममा गीत गाउनु हुन्थ्यो । पछि २०१२ सालबाट अलि सक्रिय भएको पाईन्छ । २०१८ सालमा पहिलो पटक भारतको उस्बेलाको कलकत्तामा, अहिलेको कोलकातामा गएर गीत रेकर्ड गराउनु भएको थियो ।

२०२० देखि २०२२ सालमा भारतको बरोडास्थित एम.एस विश्व विद्यालयमा शास्त्रीय संगीतको अध्ययन गर्नुभएको थियो । २०२३÷२०२४ सालमा रेडियो नेपालमा आयोजना गरीएको प्रतियोगितात्मक आधुनिक गीत, संगीत सम्मेलनमा सर्वोतकृष्ठ गायक तथा संगीतकार घोषित हुनु भएको थियो भने तत्कालिन राजा महेन्द्रबाट पदक प्राप्त गरेको पाईन्छ ।

“मूनामदन”,“मालती मङगले” गरी १४ वटा गीति नाटक र ६ वटा कथानक चलचीत्रमा पाश्र्व गायन गर्नुभएको थियो । नारायण गोपाल २०२७ सालमा सांस्कृतिक विभागको संगीत निर्देशक बन्नु भएको थियो । २०३३ सालमा सांस्कृतिक संस्थान संचालक समितिको सदस्य चयन हुनु भएको थियो । उहाँ वागिना सांगीतिक त्रैमासिक पत्रिकाको प्रकाशक र सम्पादक रहनु भएको पाईन्छ भने बर्मा, सोभियत संघ, दक्षिण कोरीया, उत्तर कोरीया, जर्मन, चीन, हङकङ, थाईल्याण्ड, भारत, बंगलादेश, मलेसिया लगाएतका देशको  भ्रमण गर्नुभएको पाईन्छ ।

नारायण गोपाल २०३६ भाद्रबाट २०४० माघ ४ सम्म सांस्कृतिक संस्थानको महाप्रवन्धक बन्नु भएको थियो । नारायण गोपाल गायन, संगीतको अलावा खेलका सौखिन व्यक्ति हुनुहुन्थ्यो । उहाँलाई मनपर्ने खेलहरुमा चेस, फुटवल हेर्ने, टेवल टेनिस थिए भने टेवल अगाडी देख्यो कि वजाउन थालिहाल्ने बानि थियो ।

सम्मान÷पुरस्कार

नारायण गोपालले राष्ट्रका महत्वपूर्ण सम्मान तथा पुरस्कार पाउनु भयो । २०३३ सालमा सर्वोत्तम संगीतकार, रेडियो नेपालद्धारा आयोजित प्रतियोगितामा, २०२४ सालमा सर्वोत्तम गायक, २०२९ सालमा रत्न रेकर्डिङ संस्थानद्धारा आयोजित रत्न रेकर्डिङ पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु चौथो, २०४० सालमा इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, प्रज्ञा प्रतिष्ठान, २०४३ मा लायन्स अवार्ड, २०४४ मा छिन्नलता पुरस्कार, २०४५ मा जगदम्वा श्री पुरस्कार, मदन पुरस्कार गुठी, २०४५मा वर्षको सर्वश्रेष्ठ पुरुष, २०४७ मा उर्वशी रङ्ग पुरस्कार र २०४७ मा त्रिशक्ति पट्ट तेश्रो प्राप्त गर्नुभएको थियो ।

“एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा ” जस्ता सयौं आधुनिक गित गाएका नारायण गोपालको फोटो अंकित हुलाक टिकट पनि प्रकाशन भएको छ । २०१७ सालमा पहिलो पटक रेडियो नेपालमा आधुनिक गित रेकर्ड गराउनु भएको थियो । जादुगरी स्वरका धनी नारायण गोपाल शब्द चयनमा धेरै ख्याल राख्ने गायकको रुपमा पनि चर्चामा हुनुहुन्थ्यो ।

राष्ट्रीयता र राष्ट्रीय पोशाकका पक्षपाति नारायण गोपालको २०२६ सालमा दार्जलिड्डकी युवती पेमला लामासंग अन्र्तजातिय विहाह भएको थियो । नारायाण गोपालको स्वरको, आवाजको, उहाँको गलाको अदितिय भाषाको ओजिलो प्रस्तुति हुनु, सायद यसैको कारण स्वरका ज्ञाताहरु, स्वरका मर्मज्ञ भावकहरुले, सोधकर्ताहरुले उहाँको आवाजलाई “अजम्वरी स्वरहरुका” वा कालजयी स्वरका धनि नारायण गोपाल भनेको सत्य हो । धर्मपत्नी पेमला गुरुवाचार्य उहाँकि प्रेरणाकि श्रोत मानिनु हुन्छ भने उहाँको पनि निधन भई सकेको छ । नारायण गोपालको २०४७ साल मंसीर १९ गते निधन भएको थियो ।

सम्झिन मन लाग्यो मंसिर १९ लाई अनि २१ औं स्मृतिको यो पलमा नारायण दाईको स्वरमा रहेको, माधव घिमिरेको रचनामा रहेको संगीत नातिकाजिको रहेको गीत ः

आजै र राति के देखे्र सपनी मै मरी गएको
बतास बिनु हाँगाको फूल भैं झरी गएको ।

जय होस् नेपाली सुगम संगीतको....। बबचवगद्दण्ण्ड२नmबष्।िअयm

गीतका धनि श्रष्ठाहरु अर्थात गोपालहरुका जमानामा एक हस्ति नारायण गोपालको मखमली आवाज ९ख्भखिभत ख्यष्अभ० रहेको गीतले नारायण गोपालको जिन्दगीको यात्रारम्भमा भएको कोमल मुटु र अर्को कोमल मन र मुटु एउटैमा समाहित हुने संयोग बनेको हो ।

सदावहार भारतीय अभिनेता देव आनन्द अलविदा

नेपाललाई घनिस्ट मित्रको रुपमा लिने गरेका अभिनेता देवानन्दले फिल्म हरेरामा हरेकृष्ण र हिरा पन्ना लगायतका फिल्को छायांकन नपालमा गर्नुभएबाट पनि उहाँले नेपाललाई एउटा घनिस्ट मित्रको रुपमा लिएको प्रष्ट हुन्छ ।

    ८५ वढि फिल्ममा आफ्नो अभिनय प्रस्तुत गर्नुभएका देव आनन्द स्वास्थ्य उपचारका लण्डनमा रहेको बेलामा हृदयघात भएर यो संसारबाट अन्र्तध्यान हुनुभएको हो ।

चलचित्र जगतमा एउटा हँसिलो र फारासिलो अँझ भनौं रोमान्टिक फिल्म रुचाउने सदाबहार अभिनेता देव आनन्दले गाइड, ज्वेल थिप, तेरे मेरे सपने, ग्लाम्बर, देश परदेश, पेइङ गेष्ट, बाजी, सिआइडी, जोनी मेरा नाम, अमिर गरीब, वारेन्ट लगाएतका चर्चित फिल्मको निर्माण र अभिनय समेत प्रस्तुत गरेको पाईन्छ ।

   
देवानन्द वर्ष  १९२३ मा पाकिस्तानको पञ्जावमा जन्मनुभएको हो । उहाँले सन् १९४६ मा ‘हम एक हैं’ फिल्मबाट  अभिनय सुरु गर्नुभएको थियो भने ६ दशक फिल्मी जगतमा खर्च गर्नुभयो ।
   
कुनै बेलामा देव आनन्दलाई कालो पहिरनमा बन्देज लगाईएको थियो । के भनिन्थ्यो भने देव आनन्दले कालो सुट लगाएर हिँडेको देख्दा युवतिहरु आकर्षित हुन्थे र बेहोस हुने गर्थे, त्यसैले उहाँलाई कालो पहिरन लगाउनमा बन्देज लगाईएको थियो ।

अभिनेत्री कल्पना कात्तिकसँग प्रेम विवाह गरेका देवका एक छोरा र एक छोरी छन् । भारतीय चलचित्रका समकालिन  अभिनेत्रीहरु सुरैया, मधुवाला, वहिदा रहमान, मुमताज, वैज्यन्ती माला, हेमा मालिनी, जिनत अमान, टिना मुनिम लगायतसंग उहाँले  फिल्म खेल्नुभएको थियो ।

देव आनन्दले सन् १९४९ मा नवनिकेतन फिल्म प्रोडक्सन गर्नुभऐका थियो भने उहाँले ३० वढि चलचित्र निर्माण गरेको पाईन्छ । देवले वर्ष २००१ मा पद्म भूषण र २००२ मा भारतको ठूलो पुरस्कार दादा साहेब फाल्के पाउनु भएको थियो । सन् १९९३ मा उहाँले फिल्म फेयर ‘लाइफ टाइम एचिभमेन्ट एवार्ड’ पाउनु भएको थियो ।

आत्मकथा ‘रोमान्सिङ विथ लाइफ’ एक पठनीय पुस्तकलाई देव आनन्दले नै लेख्नु भएको हो भने निकै लोकप्रिय मानिने पुस्तक हो ।

    देवको नेपालका पूर्व राजा महेन्द्र संगको आत्मिय सम्वन्ध थियो । भने ज्ञानेन्द्रको शासनकालमा उहाँ नेपालमा आयोजना गरीएको नेपाली चलचित्र महोत्सवमा सम्मानित हुनुभएको थियो ।

उहाँले जीनको अन्तिम कालखण्डमा आफुलाई चलचित्र निर्माणमा  लगाउनु भएको थियो । उहाँको निर्देशन मा अन्तिम चलचित्र ‘चार्जसिट’ हो । यसलाई दर्शकले कशिले हेर्न पाउने हुन पर्खाईको विषय भएको छ ।


देव आनन्दको विवाह १० मिनेटमा

आफ्नी पत्नि मोना कल्पना कार्तिकबाट देव आनन्दको कुराकानी बाजिको सेटमा भएको थियो । चेतन आनन्दले उनलाई सिमलाको सेन्ट पिटर्स कलेजबाट हिरोईन बनाउन लिएका थिए । वास्तवमा चेतनकि पहिलो पत्नि उमा बेनर्जिकि कान्छि छोरी थिईन । उमाबाट चेतनले लाहोरमा कलेजको पढाईको समयमा विवाह गरेका थिए ।

बाजिमा कल्पना कार्तिकले सहनायिकाको भूमिका निर्वाह गरेकि थिईन । साथै पछि नवकेतनको आँधिया, हमसफर र ट्याक्सि ड्राईभर, नौ दो ग्यारह लगायतका फिल्ममा पनि देवको नायिका बनेर थिईन ।

सुरैयाको तर्फबाट एकतर्फि विवाह नगर्ने जवाफ मिलेपछि देव कल्पना कार्तिकतर्फ झुक्न लागे र दुवैले ट्उाक्सि ड्राईभरको निर्माणको क्रममा स्टूडियोमा नै रजिष्ट्रारलाई बोलाएर १० मिनेटमा विवाह गरेका थिए ।

चेतन आनन्दले विवाहको सुईसम्म पाएका थिएनन् । जब ट्याक्सि ड्राईभरको निर्देशन गरिरहेका थिए, नवकेतन स्टूडियोको एक क्यामरामा जब विवाह भईरहेका थियो, चेतन आनन्द शुटिङको लागि प्रकाशको व्यवस्थामा लागेका थिए । छोटो समयमा यो उनको विवाहको नतिजा स्वरुप देवले छोरा सुनिल र छोरी देविनालाई दिए ।
भारतीय चलचित्रका प्रख्यात अभिनेता, निर्माता तथा निर्देशक देव आनन्दको डिसेम्वर ३ अर्थात मंसिर १७ गते लण्डनमा हृदयघातबाट ८८ वर्षको उमेरमा निधन भएपछि समग्र चलचित्र जगत स्तव्ध भएको छ ।

गायक, संगीतकार, पत्रकार, निर्देशक, निर्माता र लेखक हजारिका.......

-आरजु विष्ट सल्यानी
भारतीय लोकसंगीतका जादुगर मानिने गायक भूपेन हजारिका अलविदा भएपछि एउटा प्रख्यात श्रष्टाको संगीत संवर्धन र प्रवर्धनको कामको जिम्मेवारी नयाँ पुस्तामा सरेको छ ।  अब चिन्ता भूपेनको जस्तो झुकाव र लगानि संगीत क्षेत्रमा हुन्छ वा हुँदैन ? प्रश्न खडा भएको छ ।
उनको निधन ६ नोभेम्वर २०११ मा मुम्बईमा भएको हो । यि यस्ता भाग्यमानि गायक रहे कि भारतको गुहाटिमा लाखौं मानिसको अगाडी अन्तिम बिदाई गरीएका व्यक्तिमा दरीए । उनको शव यात्रालाई एउटा ऐतिहासिक पनि मानियो ।
वौद्ध धर्मलाई अपनाएका हजारिकाको हिन्दु परम्परा अनुसार अन्तिम संस्कार सम्पन्न गरीएको हो । आसाममा लोक संगीतको माध्यमबाट हिन्दी फिल्ममा जादुगरि प्रभाव पार्ने ब्रम्हापुत्रका कवि भूपेन हजारिकाले गाएको उनको जिवनको एक गीत “दिल हुम हुम करे” र “ओ गंगा बहती हो” माईल स्टोन मानिन्छन् । यि गीतमा उनले आफ्नो विलक्षण आवाज दिएर लाखौंको प्रशंमा बटुलेका थिए ।
पेशाले भूपेन एक कवि, संगीतकार, गायक, अभिनेता, पत्रकार, निर्माता तथा स्वघोषित “यायावर” हजारिकाले आसामको समृद्ध लोक संस्कृतिका गीतहरुलाई विश्व माझ पुर्याएका थिए । हजारिका नेपाल, बंगलादेश लगाएतका एशियाली देशका प्रिय गायक थिए । सादियामा एउटा शिक्षित परिवारमा जन्मेका हजारिकाले प्राथमिक शिक्षा गुहाटीबाट गरेका थिए भने बि.ए बनारस हिन्दु विश्व विद्यालय तथा पिएचडि “जनसंचार” विषयमा कोलम्विया विश्व विद्यालयबाट गरेका थिए । साथै उनलाई सिकागो विश्व विद्यालयबाट फेलोसिप प्राप्त भएको थियो ।
अमेरीकामा रहेको बेलामा उनले प्रख्यात अश्वेत गायक पल रोबसनसंग संगत गरेका थिए । उनको गीत “ओल्ड मेन रिभर” लाई हिन्दीमा “ओ गंगा बहती हो” को रुप दिएपछि कयौं वामपन्थि कार्यकर्ताहरुको पिढिंको लागि एउटा राष्ट्रिय गानको रुपमा रहेको थियो ।
कयौं वर्ष अगाडी एउटा राष्ट्रिय दैनिकमा दिएको साक्षात्कारमा हजारिकाले आफ्नो गायनको श्रेय आदिवासी लोक संगीतलाई दिएका थिए । दादासाहेब फाल्के पुरस्कार विजेता हजारिकाले आफ्नो साक्षात्कारमा भनेका थिए कि “लोक संगीत सुनेर ठूलो भएको तथा लोक संगीतमा भएको जादुले मेरो गायनलाई परिपक्व बनायो ।”
भूपेनलाई गायनलाको सिप आफ्नी आमाबाट मिलेको पाईन्छ । उनले लोरीया गाउने गर्थिन् । उनले भनेका छन् “मैले आफ्नि आमाको एक लोरीयाको प्रयोग गरे र फिल्म “रुँदाली” मा त्यसको प्रभाव निकै देखियो ।” हजारिकाले आफ्नो पहिलो गीत “विश्व निजाय नौजवान” सानै उमेरमा गाएका थिए । आसामी भाषाका साथमा उनले बंगाली र हिन्दी फिल्मको लागि गीतकार, संगीतकार तथा गायकको भूमिका निर्वाह गरेका थिए । उनको साथ लामो समयसम्म हिन्दी फिल्ममा साथी कल्पना लाज्मीसंग रह्यो । “रुदाली, एक पल, दरमिया, दमन तथा क्यो शामिल” मा उनको संलग्नता रहेको थियो ।
हजारिकालाई चमेली मेमसाबमा संगीतकारको रुपमा सर्वश्रेष्ठ पुरस्कार दिईएको थियो । यसका साथै उनले आफ्नो फिल्म शकुंतला, प्रतिध्वनी, लोटीघोटीको लागि राष्ट्रपति पुरस्कार पनि पाएका थिए ।
बहुमुखि प्रतिभाका धनि डा. हजारिका सन १९२६ मा सादिया, आशाममा जन्मेका थिए । एउटा कुशल पत्रकार, कलाकार चलचित्र जगतका अनि गायक, संगीतकार, गीतकार हुन । १९४२ मा मानविकि तह गुहाटिबाट पास गरेका थिए भने १९४४ मा हिन्दु विश्व विद्यालय बनारसबाट बि.ए, र राजनीति शास्त्रमा १९४६ मा एम.ए गरेका थिए । त्यसपछि उनि अमेरीका गएका थिए । उनले त्यहाँ आम संचारमा कोलम्विया विश्व विद्यालयबाट पिएचडि गरे । उनले चीकागो विश्व विद्यालयबाट लेस्लि फेलोसिप पाए भने चलचित्रको अध्ययनमा सफलता प्राप्त गरे ।
भूपिन हजारिका भारतमा अग्रभागमा रहेर आफ्नो भूमिका निर्वाह गरेका कलाकार मध्य एक हुन । संभवतया एक मात्र भारतीय तथा विश्व सिनेमाको व्यानरमा दर्ज भएका व्यक्ति हुन । उनि एक मात्र व्यक्ति बितेका ४० वर्षमा सिनेमा जगतमा हलचल मच्चाएका श्रष्टा मानिन्छन् ।उनको लोकप्रियता विधायन समितिमा पनि रहेको थियो । एउटा स्वतन्त्र उम्मेदवारको रुपमा उनि १९६७ देखि १९७२ सम्म रहेका थिए । उनले त्यस बेलामा आसाममा आफ्नै फिल्म स्टूडियो पनि खोलेका थिए । उनले फिल्ममा वाल कलाकारको रुपमा १९३९ मा हात हालेर आफ्नो करियर आरम्भ गरेकाका थिए । फिल्म थियो “ईन्द्रमालति” .....।
उनले लेखेको तथा गाएको पहिलो गीत १० वर्षको उमेरमा थियो । उनले उत्पादन तथा निर्देशन गरेको फिल्म एरा बतार सूर १९५६, सकुन्तला १९६०, प्रतिध्वनी १९६४, लोटिघोटि १९६७, चीक मिक विजुली १९७१, मोन प्रजापति १९७८, स्वीकारोक्ति १९८६, सिराज १९८८ रहेका छन्  तथा मेरा दराम मेरी मा १९७७ रहेको छ । उनले कलर डकुमेन्ट्री अरुणाचल प्रदेशको लागि लोक संगीत र नृत्य समेत समावेस गरेका थिए । जो फर हुम दि सनसाईन्स १९७४ थियो ।
उनले एउटा डकुमेन्ट्री उत्पादन तथा निर्देशन गरेका थिए । ईमुथि सउलार कहिनी थियो जो सरकारको संयोजनामा आधारीत थियो । उनले अर्को आधा घन्टाको डकुमेन्ट्री १९७७ मा कलकत्ता दूरदर्शन केन्द्रको लागि बनाएका थिए, जो लोक गीतमा आधारीत उत्तरपूर्वि भारतको नृत्यलाई समावेश थियो । उनले १९८१ मा पर्यटन प्रवर्धनको लागि आसाममा पाँच वटा डकुमेन्ट्री उत्पादन तथा संगीत भरेका थिए ।
उनले अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेको “एक पल” फिल्म उत्पादन तथा संगीत भरेका थिए जो १९८६ मा थियो, जस्लाई कल्पना लाज्मीले निर्देशन गरेकि थिईन भने शवना आज्मी, नसरुद्धिन शाह र फारुक साईकले भूमिका निर्वाह गरेका थिए । उनले लोकप्रिय टेलिभिजन सिरीयल लोहित किनारेको उत्पादन तथा संगति भरेका थिए । जो कल्पना आज्मीको निर्देशनमा रहेको थियो । जस्मा आसामको कथा रहेको छ । यो प्राईम राष्ट्रिय नेवर्कको लागि १९८८ मा बनेको थियो ।
उनले हिन्दी फिल्म रुदालीमा संगीत भरे बापत अवार्ड जितेका थिए । जस्मा डिम्पल कपाडिया, राज बब्बर, अमजद खान र राखिको भूमिका रहेको छ । हजारीकाले सकुन्तला, प्रतिध्वनी र लोटिघोटि को लागि राष्ट्रपति अवार्ड क्रमशः १९६०, १९६४ र १९६७ मा प्राप्त गरेका थिए । उनले संस्कृतिको प्रवर्धन र सिनेमामा योगदान दिए बापत अरुणाचल प्रदेश सरकारबाट १९७७ मा गोल्ड मेडल प्राप्त गरेका थिए भने १९७७ मा नै सर्वोत्कृष्ट संगीतकारको रुपमा राष्ठ्रिय पुरस्कार जितेका थिए ।
हजारिकाको फिल्मोग्राफि
गायक, संगीतकार, पत्रकार, निर्देशक, निर्माता, लेखक हजारिकाको फिल्मी संगीतको बेलिबिस्तार यस्तो छ ।
1939     Indramalati                                                                   
1948     Siraj                                                     
1955     Pioli Phukan                                                     
1956     Era Bator Sur                                                               
1958     Mahut Bandhu Re                                                         
1961     Shakuntala Sur                                                             
1964     Pratidhwani                                                                  
1964     Ka Swariti                                                                    
1966     Lati-Ghati                                                                     
1969     Chik Mik Bijuli                                                              
1973     Titash Ekti Nadir Naam                                                             
1973     Aarop                                                               
1974     For Whom the Sun Shines                                                                     
1975     Chameli Memsaab                                                                    
1976     Roop Konwar Jyoti Parsad Aru Joymoti                                                              
1976     Mera Dharam Meri Maa                                                             
1977     Through Melody and Rhythm                                                     
1977     Shimana Perye                                                             
1979     Mon-Prajapati                                                               
1979     Debdas                                                            
1982     Aparoopa                                                         
1986     Swikarokti                                                        
1986     Ek Pal                                                 
1988     Siraj                                                                 
1993     Rudaali                                                                        
1993     Pratimurti                                                                     
1997     Do Rahain                                                                    
1997     Darmiyaan: In Between                                                             
1998     Saaz                                                                
2000     Gaja Gamini                                                     
2001     Daman: A Victim of Marital Violence                                          
2003     Kyon?                                                              
2006     Chingaari                                                          
2011     Gandhi to Hitler
डा.हजारिका पूर्वि क्षेत्रीय पुनरालोकन समिति, जो केन्द्रीय फिल्म सेन्सर वोर्ड सरकारको थियो, त्यहाँ ९ वर्ष, १९९० सम्म प्रमुखको रुपमा काम गरेका थिए । पूर्वि भारतको चलचित्र विकास बोर्डमा उनले स्क्रीप्ट राईटरको काम पनि गरेका थिए । उनि चिल्ड्रेन फिल्म सोसाईटिका कार्यकारी सदसय पनि भएका थिए जो जया बच्चनको नेतृत्वमा रहेको थियो  भने उनि गरिब कलाकारहरुको संस्थाको सदस्य भएका थिए । हजारिका १९८५ मा राष्ट्रिय फिल्म अवार्ड कार्यक्रमको प्रमुख तथा १९५८ देखि १९९० सम्म कयौं पटक निर्णायकको भूमिका निर्वाह गरेका थिए ।  हजारिका कुनैबेला फिल्म निर्माण तथा सरकार तहको नीति निर्माताका रुपमा कहलिएका थिए ।
हजारिकाले १९३० देखि १९९० सम्म कयौं बंगाली, हिन्दी फिल्ममा संगीत र गीत लेखन तथा गायनमा दख्खल राखे । बितेका ४० वर्षमा उनका फिल्मका गीतहरुले निकैे चर्चा बटुलेका थिए ।